दफा ६३
हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजाय
: कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानी नोक्सानी गराउने बदनियतले कुनै हुलाक टिकट प्रयोग भै रद्दी भैसकेको भन्ने जनाउन लगाइएको सरकारी चिन्हलाई मेटेमा, त्यस्तो सरकारी चिन्ह मेटेको कुनै हुलाक टिकट आफनो साथमा राखी छाडेमा वा बेच बिखन गरेमा निजलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।